दार्जीलिङ: पार्वत्य श्रमिक सङ्गठन समन्वय मञ्चको भोलि दार्जीलिङमा बैठक हुने हाम्रो पार्टी श्रमिक सङ्गठन सभापति डीके गुरुङले जनाएका छन्। शुक्रवार ११ बजे क्रामाकपा कार्यालयमा हुने उक्त बैठकबारे हिजोको श्रमिक शक्ति प्रदर्शनअवधि अनुपस्थित भागोप्रमो अनि तृणमुल श्रमिक सङ्गठन नेतृवहरुलाई पनि खबर गरिएको गुरूङको भनाइ छ। भोलि हुने सभापछि कञ्चन भ्यु अनि भा-तलभर चियावारीलाई लिएर दार्जीलिङ श्रम कार्यालयमा बैठक हुने जानकारी छ। यता १६ प्रतिशत चिया बोनसबारे श्रम विभागद्वारा जारी एडभाइजरीलगायत हिजोको शक्ति प्रदर्शनपछि पहाडका चियावारीहरुमा आज दिनभरि देखा परेको परिस्थिति अनि २० प्रतिशत चिया बोनसको दावीमा मञ्चको अघिल्लो कार्यक्रमबारे चर्चा गरिने उनले थप बताएका छन्।