खरसाङ: स्वच्छता केवल स्वस्थको निम्ति मात्र आवश्यक नरहेर यसले मानसिक शान्ति र सामाजिक मानवीयता पनि बॄद्धि गर्न सहयोग पुर्याउछ। स्वच्छता दैविकता अनि नैतिकतासंग निकट सम्बन्धित छ भन्ने उक्तिलाई(Cleanliness is next to Godliness)आधार मानेर खरसाङको नयाँ बजार वार्ड नम्बर १७ मा अवस्थित नारी प्रगति संस्थाका सदस्यावृन्दद्वारा गाँधी जयन्तीको अवसरमा सफाई अभियान गरेको जानकारी प्राप्त भएको छ। स्वच्छता नै सेवा, स्वभावमा स्वच्छता,संस्कारमा स्वच्छता ल्याउन हेतु देशव्यापी कार्यक्रममा संस्थाका सदस्यावृन्दले पनि गत सप्ताहादेखि नै वार्डमा अवस्थित नाली, झोड़ाको भ्रमण गरेर परीक्षण गरी वार्डवासीमाझ स्वच्छता प्रत्येक व्यक्ति तथा सामूहिक सहयोगद्वारा वहन गर्ने जिम्मेवारी हो। राष्ट्रको प्रगतिको निम्ति एक स्वच्छ अनि स्वस्थ्य समाजको धेरै आवश्यकता छ। हामीले नियमित रूपमा स्वच्छताको पालन गर्नुपर्छ र गाउँ परिसर सफा राख्नुपर्छ भनी वार्डवासीमाझ जनचेतना कार्यक्रम गरी आएको जानकारी संस्थाका सचिव प्रनिता मुखिया घिसिङद्वारा दिइएको छ।