पाक्योङ: डिस्ट्रिक्ट कलेक्टर पाक्योङ रोहन अगावानेले आज जिल्ला प्रशासनिक केन्द्र (डीएसी), पाक्योङमा नार्को समन्वय केन्द्र (एनसीओआरडी) र नशा मुक्त भारत अभियान (एनएमबीए) को मासिक बैठकको अध्यक्षता गरे। बैठकमा विगतका सत्रहरूबारे चर्चा भएका प्रमुख विषयहरूमा गरिएका कार्यहरूको समीक्षा गरियो। क्यानबिस क्रप डिस्ट्रक्सन ड्राइभ, शैक्षिक संस्था नजिकै सुर्ती र रक्सीको बिक्री, सवारीसाधनको जाँच-विशेष गरी रम्फू चेकपोस्टमा विद्यार्थी चालकहरूलाई केन्द्रित गर्दै-नक्कली रक्सीको चिन्ता, डिस्ट्रिक आईकन र सचेतना कार्यक्रम, लागुऔषध ओसारपसारलगायत सातवटा प्रमुख एजेन्डाहरू परिमार्जन अनि सारथी कार्यक्रम रहेको थियो।

साथै, सम्बन्धित विभागहरूले गरेका प्रतिवेदन र कारबाहीहरूबारे विस्तृत चर्चा गरियो। डीसी पाक्योङले शैक्षिक संस्था नजिकै सुर्ती र रक्सी बिक्रीमा हुने उल्लंघनलाई सम्बोधन गर्न संयुक्त अभियान संचालन गर्न निर्देशन दिए। थप रूपमा, डीसी पाक्योङले उद्यमशीलता मार्फत युवाहरूमा लागुऔषध दुरुपयोग विरुद्ध लड्ने उद्देश्यले एनएमबीए अन्तर्गत ‘विजयको स्वाद’ फूड स्टल प्रतियोगिताको सफलतालाई प्रकाश पारे। मामरिङ सिनियर सेकेण्डरी स्कूल, पाक्योङ (पहिलो), पाचे सिनियर सेकेन्डरी स्कूल, पाक्योङ (दोस्रो) र रम्फू सिनियर सेकेन्डरी स्कूल, पाक्योङ (तेस्रो स्थानमा) विजयी भए। बैठकमा सांगे ग्यात्सो भुटिया, एडीसी पाक्योङ, रिन्जिङ चोपेल राई, एएसपी पाक्योङ, पी आर दुलाल, आरटीओ, यातायात विभाग, नारायण मिश्र, सह निर्देशक शिक्षा विभाग, सुश्री सुनिता दाहाल, एसडब्ल्युओ, समाज कल्याण विभाग, टाँसी ग्याम्त्सो भुटिया, एडीओ कृषि विभाग, दिनेश शिवाकोटी, निरीक्षक अन्तःशुल्क विभाग, सारथी संयोजकको उपस्थिति रहेको थियो। -आईपीआर