वेष्ट इण्डिज यात्राको निम्ति ईंग्ल्याण्डको टीममा फर्किए जोस बटलर

IMG-20241003-WA0261

लण्डन: ईंग्ल्याण्डको सीमित ओभरहरूका कप्तान जोस बटलर वेष्ट इण्डिज यात्रामा खेलिने सीरीजको निम्ति टीममा फर्किएका छन्। ईंग्ल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड (ईसीबी)-ले यस्तो जानकारी दिएको छ। हालै अष्ट्रेलियाविरुद्ध वनडे सीरीजमा बटलरले हिस्सा लिएका थिएनन्। उनी चोटले गर्दा टीमबाट बाहिर थिए। त्यस सीरीजमा युवा ह्यारी ब्रूकले ईंग्ल्याण्डको कप्तानी गरेका थिए। वनडे सीरीजमा ईंग्ल्याण्ड २-३-ले पराजित भएको थियो। बटलरको साथमा लेग स्पिनर जाफर चौहानलाई पनि टीममा स्थान दिइएको छ। २२ वर्षीय जाफर चौहानले अहिलेसम्म आफ्नो छोटो करियरमा २३ वटा म्याचमा २२ विकेट लिएका छन्। पेस बलर जन टर्नर र स्पिन अलराउण्डर डेन मूसली टीममा सामेल अन्य अनक्याप्ड खेलाड़ी हुन्। गत वर्ष दिसम्बरमा वेष्ट इण्डिज यात्राको हिस्सा रहने टर्नरले आफ्नो लिस्ट ए र टी२० करियरमा अहिलेसम्म ३५ र ४२ विकेट लिएका छन्। यसरी अष्ट्रेलियाविरुद्ध वनडे सीरीजको हिस्सा रहने मूसलीले आफ्नो छोटो टी२० करियरमा अहिलेसम्म ११०० रन बनाउनको साथै ६३ वटा म्याचमा ५० विकेट लिएका छन्। ईसीबी-ले यात्राको निम्ति १४ सदस्यीय टीमको घोषणा गरेको छ। वेष्ट इण्डिज यात्रामा पहिला तीनवटा म्याचको वनडे सीरीज खेलिनेछ। त्यसपछि यी दुई टीमबीच ५ वटा टी२० म्याचको सीरीज पनि खेलिनेछ। वनडे सीरीज ३१ अक्टोबरदेखि शुरु हुनेछ। वनडे सीरीजको पहिलो दुईवटा म्याच नर्थ साउण्ड (एण्टीगा)-को सर भिभियन रिचर्ड्स स्टेडियममा खेलिनेछ। त्यसपछि तेस्रो वनडे म्याच ब्रिजटाउनमा हुनेछ। यसरी टी२० सीरीज ९ नोभेम्बरदेखि शुरु हुनेछ।
वेष्ट इण्डिज यात्राको निम्ति ईंग्ल्याण्डको टीमः
जोस बटलर (कप्तान), जोफ्रा आर्चर, जेकब बेथेल, जाफर चौहान, सेम कुरेन, विल ज्याक, लियाम लिविंगस्टोन, साकिब महमूद, डेन मूसली, जेमी ओवरटन, आदिल राशिद, फिल सल्ट, रीस टोप्ले, जन टर्नर

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement