पैह्रोमा पुरिएर सुखे खण्डको पुलुङदुङ निवासी रघुवीर राईको मृत्यु

IMG-20241003-WA0252

दार्जिलिङ: अविरल वर्षाको कारण पैह्रो गएर दार्जिलिङ जिल्ला अन्तर्गत सुखे पोखरी खण्डको पुलुङदुङ डाक बंगला गाउँमा पैह्रोले ७६ वर्षीय रघुवीर राईको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार लगातार परिरहेको पानीले पैह्रो गएर उक्त वृध्दको मुत्यु भएको बताइएको छ। प्राप्त जानकारी अनुसार आज बिहान ६.१५ तिरको समयमा रघुवीर राई भान्सा कोठामा थिए अनि उक्त समय माथिबाट पैह्रो सोरिएर आएर भान्सा सबै पैह्रोले लगेपछि भान्सा कोठासितै रघुवीर राईलाई पनि पेह्रोले पुरेको थियो। उनको ठूलो घर भने पैह्रोबाट सुरक्षित रहेको बताइएको छ। गाउँलेहरू मिलेर उध्दार कार्य गरेर रघुवीर राईको मृत देहलाई पैह्रोबाट बाहिर निकालेर पोष्टमोर्टनको लागि दार्जिलिङ जिल्ला अस्पतालमा लगिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement