जलपाईगढी: जलपाईगढी नागरिक सभाको आह्वानमा ‘तिलोत्तम पक्ष शुरु गरौँ आँखा दान, भविष्यमा चाहिन्छ न्याय’भन्ने नाराका साथ बुधबार साँझ जलपाईगढी कदमतला मोडमा विरोध पर्व शुरु भयो। गीत, कविता, सडक नाटक र भाषण रातभर चलिरह्यो। यस विरोध महोत्सवमा ठूलो संख्यामा मानिसहरुको सहभागिता रहेको आयोजकहरुले बताएका छन्। प्रदर्शनी महोत्सव परिसर वरिपरि प्रहरीको उपस्थिति देखियो।










