चिनियाँ रेडक्रसद्वारा विपदका घटनामा परेका नागरिकहरूको सहयोगका लागि एक लाख अमेरिकी डलर सहयोग

IMG-20241003-WA0206

भद्रपुर: चिनियाँ रेडक्रस सोसाइटीले विपदका घटनामा परेका नागरिकहरूको सहयोगका लागि एक लाख अमेरिकी डलर सहयोग गरेको छ। बुधबार नेपालीका लागि चीनका राजदूत छन सोङले गृह मन्त्रालय मार्फत उक्त चेक रकम नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरे।
नेपालका लागि चीनका राजदूत छन् सोङले गृह मन्त्री रमेश लेखकलाई भेटी मन्त्रालयमार्फत् उक्त चेक रकम नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको हौ। पछिल्लो समय बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको सहयोगका लागि गृह मन्त्रालयमार्फत् नेपाल रेडक्रस सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ।
चेक हस्तान्तरणका क्रममा राजदूत छन् सोले विपदमा परी ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना व्यक्त गरे। नेपाल सरकारको बलियो नेतृत्वमा नेपाली जनताले प्रकोपलाई जित्न र सकेसम्म चाँडो सामान्य जीवनमा फर्कन सक्षम हुने विश्वास पनि राजदूत छनको थियो।
पहाड र नदीले जोडिएका चीन र नेपालले सुख–दुःख बाँडिरहेका र एकअर्कालाई सधैं दृढतापूर्वक साथ र सहयोग गर्दै आएको उल्लेख गर्दै राजदुत छन्ले नेपालका विपद्ग्रस्त क्षेत्रका जनतालाई अन्तरपार्टी र अन्य माध्यमबाट पनि चीनले सहयोग गर्ने जानकारी दिए।

गृहमन्त्री लेखकले नेपाल सरकार र जनताको तर्फबाट चीनको सहयोगका लागि हार्दिक धन्यवाद दिनुभयो। उहाँले उनले नेपाल र चिनियाँ जनताबीचको गहिरो मित्रताको प्रदर्शन गर्दै नेपालले कठिनाइको सामना गर्दा चीनले तुरुन्तै सहयोग गरेको बताउछन्। नेपालले हाल विपद् राहत र विपद्पछिको पुनर्निर्माणको काम गरिरहेको छ भन्दै मन्त्री लेखकले विपद्ग्रस्त क्षेत्रका मानिसहरूलाई सकेसम्म चाँडो उद्धार गर्न चिनियाँ सहयोगको राम्रो उपयोग गर्ने प्रतिवद्धता जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement