इलाममा सडक अवरुद्धका कारण यात्रा गर्न कठिनाई

IMG-20241003-WA0173

भद्रपुर: भारी वर्षाका कारण माइजोगमाई गाउँपालिका-६ प्याङ र इलाम नगरपालिका-२ सुम्बेक जोड्ने रुलुकस्थित डेढ वर्ष अघि निर्माण सम्पन्न भई सुचारु भएको माइखोला पुलको प्याङ खण्डको जीप पूर्णरुपमा ध्वस्त भएको छ।
त्यसैगरी इनपा -२ सुम्बेक खण्डमा झण्डै ४-५ सय मिटर सडक माईखोलाले कटान गरेको सडक पूर्ण रुपमा ध्वस्त हुँदा यातायात सेवा ठप्प भएको छ।
आज उक्त कटान भएको सडक र क्षतिग्रस्त पुलको माइजोगमाई-६ का वडाध्यक्ष दिपेश सोङमी, इलाम नपा-२का वडाध्यक्ष गिरिराज रिजाल, वडासदस्य राजेन देवान, माईजाेगमाई ६ प्याङ्ग निवासी सामाजिक व्याक्तित्व हुकुमलाल थेवे, सगरमाथा हाइड्रोपावरका सुवास अधिकारी, निर्माण व्यवसायी सुनिल लिङदम लगायत स्थानीयसँग निरिक्षण, अनुगमन गरिएको वडाध्यक्ष गिरिराज रिजालले जानकारी दिए।
“बैकल्पिक कच्ची सडकको लागि सगरमाथा हाइड्रोपावरसँग समन्वय गरि खाेलाबगर बाटैभएपनि अस्थायी सडक वनाई माैसम अनुकुल हुँनासाथ सडक बनाई यातायात सुचारू गर्ने अनौपचारिक छलफल गरियो।” वडाध्यक्ष रिजालले भने, “उक्त सडक खुलाउने पहलमा इलाम नपाको जेसिबी मेशिन फिल्डमा लगेपनि उक्त सानो जेसिबी मेशिनबाट निर्माण संभव नहुने भएकोले भाँडी खोला लगायत इनपातर्फका वडा नं-२ र वडा नं-५ मा पर्ने सडकखण्ड मर्मत केही सम्पन्न गरियाे।”

प्याङ खण्डमा पुलको क्षतिको मर्मत सम्भारका लागि तत्काल पूर्वाधार कार्यालय चन्द्रगढी झापालाई जानकारी गराई पुल संरक्षण मर्मतसम्भार काम अघिबढाईने उनको भनाई छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement