यूएफा च्याम्पियन्स लीगः लिभरपूलले जिते पनि रियल म्याड्रिड र बायर्न म्यूनिखको हार

photocollage_202410314047413

लण्डन: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा बुधवार राति केही उलटफेर भयो। यसमा गत सीजनको च्याम्पियन रियल म्याड्रिड र बायर्न म्यूनिखले हारको सामना गर्नु पऱ्यो। यसबीच लिभरपूल र युभेण्टसले चाहिँ जीतको क्रम जारी राख्यो। शक्तिशाली रियल म्याड्रिडले फ्रान्सीसी क्लब एलओएससी लिलीविरुद्ध १-०-ले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्डमा ४२ प्रतिशत पोजेशनको साथ खेल्ने फ्रान्सको क्लबबाट एकमात्र गोल जोनाथन डेविडले मध्यान्तरको ठीक अघि इञ्ज्युरी टाइमको दोस्रो मिनटमा पेनल्टीबाट गरे। म्याचमा रियल म्याड्रिडले लगातार प्रयास गरे पनि गोल गर्न सकेन। यस म्याचपछि यी दुई टीमको २-२ वटा म्याचमा ३-३ पोइण्ट्स भयो तर गोल अन्तरको आधारमा लिली च्याम्पियन्स लीग टेबलको १८औं र रियल म्याड्रिड १९औं स्थानमा रहन पुग्यो। यसरी लिभरपूलले इटलीको क्लब बोलोग्नाविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट एलेक्ससिस म्याक एलिस्टरले ११औं र मोहामेद सलाहले ७५औं मिनटमा गोल गरे। यस जीतपछि लिभरपूल २ वटा म्याचमा ६ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा पाँचौं स्थानमा रहन पुग्यो।
शक्तिशाली बायर्न म्युनिखलाई चाहिँ प्रीमियर लीग क्लब एस्टन भिल्लाले उलटफेरको शिकार बनायो। आफ्नो होम ग्राउण्डमा केवल ३० प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट एकमात्र गोल जोन दुरानले ७९औं मिनटमा गरे। लगातार प्रयास गरे पनि भाग्यले साथ नदिँदा जर्मन क्लबले हारको सामना गर्नु पऱ्यो। यस जीतपछि एस्टन भिल्ला ६ पोइण्ट्सको साथ छैटौं स्थानमा रहन पुग्यो। यसरी बायर्न ३ पोइण्ट्सको साथ १५औं स्थानमा रहेको छ। यसबीच युभेण्टसले जर्मन क्लब आरबी लिपजिगलाई ३-२-ले पराजित गऱ्यो। यस अवे म्याचमा इटलीको क्लबबाट डुसान भ्लाहोविचले ५०औं र ६८औं मिनटमा २ गोल गरे। यसबाहेक फ्रान्सिस्को कोन्सिकाओले ८२औंं मिनटमा गोल गरे। यसरी आरबी लिपजिगबाट बेञ्जामिन सेस्कोले ३०औं र ६५औं मिनटमा २ गोल गरे। म्याचमा युभेण्टसका गोलकीपर मिचेल डी ग्रेगोरिओलाई ५९औं मिनटमा रेड कार्ड देखाइयो। यस जीतपछि सातौं स्थानमा युभेण्टससँग ६ पोइण्ट्स रहेको छ। स्पेनिश क्लब एट्लेटिको म्याड्रिडले पनि बेनफिकाविरुद्ध ०-४-ले हारको सामना गर्नु पऱ्यो। अन्य म्याचहरूमा फेयेनूर्डले गिरोनालाई ३-२-ले, क्लब ब्रूगेले एसके स्टर्म ग्राजलाई १-०-ले अनि अटलाण्टाले शाख्तर डोनेस्कलाई ३-०-ले पराजित गऱ्यो। डिनामो जाग्रेब र मोनाकोबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement