भद्रपुर: झापाको गौरीगन्ज गाउँपालिका–३ का ३६ वर्षीय रामकुमार गिरीको करेन्ट लागेर मृत्यु भएको छ।
भद्रा खोलामा माछा मार्न लगाएको करेन्टले गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। पानी तान्ने मोटरको तार खोलेर उनले खोलामा करेन्ट प्रवाह गरेका थिए। त्यहीबेलै गिरीलाई करेन्ट लागेको हो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।