बिराटनगरमा भारी वर्षा, श्री एयरको जहाज आधा घण्टा होल्ड

IMG-20241003-WA0130

भद्रपुर: भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ। जसका कारण काठमांडूबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै होल्ड भएको छ।
विमानस्थल नखुलेपछि विमानले आकासशमा ६ फन्को लगाएको थियो। आज बिहानै खुलेको विमानस्थल भारी वर्षा र हावा चलेपछि करिब ८ बजेपछि बन्द भएको थियो। वर्षा कम भएपछि साढे ८ बजे एयरपोर्ट खुलेको हो। एयरपोर्ट खुलेपछि श्री एयरको जाहाज अवतरण भएको विराटनगर विमानस्थल प्रमुख सुभास झाले बताए। ‘ल्याण्ड गर्ने बेलामा वर्षा र हावाहुरी चलेपछि आकाशमै होल्ड भएको हो,’ उनले भने,‘ एयरपोर्ट खुलेपछि विमान ल्याण्ड भयो।’
विराटनगरमा गुरुबार बिहानैदेखि वर्षा भइरहेको छ। विराटनगरमा एयरपोर्टमा रहेको वर्षा मापन केन्द्रमा पछिल्लो तीन घण्टामा ४०.६ मिलिमिटर वर्षा मापन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement