भद्रपुर: मोरङको मिक्लाजुङमा टाँटरीको रुखबाट लडेर १ जना घाइते भएका छन्।
मिक्लाजुङ गाउँपालिका–६ का ३८ वर्षीय राजेन्द्र बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ। घाँस काट्न भनेर टाँटरीको रुखमा चढेका उनी बिहान ७ः३० बजेतिर लडेर घाइते भएका थिए।
उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ। बुढाथोकीको ५ वटा करङ भाँचिएको र अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।