भद्रपुर: देशभरका सबै अदालतको कामकारबाही आज (बिहीबार) देखि दसैंभरि बन्द रहने भएको छ।
अदालती कामकारबाही प्रत्येक वर्ष घनस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म बन्द रहन्छ। आज घटस्थापना हो। घटस्थापनाबाट दसैं सुरु हुन्छ।
यस वर्षको दसैंमा भोलिदेखि आगामी अक्टुबर १६सम्म अदालत बन्द रहने सर्वोच्च अदालतले जारी गरेको सूचनामा उल्लेख छ। तर, घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भने सुनुवाइ निरन्तर हुने छ।
‘वडा दसैं, २०२४ को उपलक्ष्यमा २०२४अक्टुबर ३ घटस्थापनाका दिनदेखि १६अक्टुबर कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०१६ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिन बाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सर्वोच्चले भनेको छ।
सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइका लागि दैनिक ११ देखि ३ बजेसम्म अदालत खुला रहने जनाए पनि अन्य अदालतहरुले आफू अनुकूल समय व्यवस्थापन गर्न सक्ने छन्।