युनाइटेड मिरिक, लिजेण्ड खरसाङ र यूकेएफसी भेटरन विजयी

IMG-20241003-WA0134

खरसाङ: युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-को आयोजनमा जारी भेटरन नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार ३ वटा म्याच खेलियो। मण्टिभियट खेल मैदानमा खेलिएको पहिलो म्याचमा युनाइटेड मिरिक भेटरनले रोहिनी भेटरनविरुद्ध ५-२-ले जीत हासिल गऱ्यो। यसरी दोस्रो म्याचमा लिजेण्ड खरसाङ भेटरनले बालासन भेटरनविरुद्ध ६-२-ले जीत हासिल गऱ्यो। यसरी तेस्रो तथा अन्तिम म्याचमा आयोजक यूकेएफसी भेटरनले सेसोनिअन भेटरनविरुद्ध ५-३-ले जीत हासिल गऱ्यो। यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २० अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन र रनरअप् हुने टीमहरूलाई आकर्षक ट्रफीको साथमा नगद पुरस्कार पनि प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement