फिदिममा आगलागी, दुईजना बालबालिका घाइते

IMG-20241003-WA0115

भद्रपुर: पाँचथरको फिदिममा आगलागीमा परी दुईजना बालबालिका घाइते भएका छन्। मंगलबार बिहान ९ बजे फिदिम– ४ थापाटार बस्ने देवीप्रसाद पौडेलका १३ वर्षीया छोरी सोनिया पौडेल र ११ वर्षीय छोरा बादल पौडेल जलेर घाइते भएका हुन्।
दुई जना दिदीभाइले घरमा मैनबत्ती बालेर खेलिरहेकोमा बुबा देवीप्रसादले ट्याम्पोमा पेट्रोल हाल्ने क्रममा एक्कासि आगो लागेपछि दुवै जनालाई आगोले पोलेको थियो। उनीहरूलाई पाँचथर जिल्ला अस्पतालमा उपचार गरी थप उपचारको लागि विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ। दुवै बालबालिकाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement