मंगलबारेमा दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप को दोस्रो दिन वडा नम्बर ०२ विजयी

IMG-20241003-WA0112

भद्रपुर: मोरंगको उर्लाबारी नगरपालिका वार्ड नं ०३ स्थित मंगलबारेमा दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०२४ प्रतियोगिता १अक्टूबरदेखि सुरु भएको छ। हिजोको दोस्रो खेलमा वार्ड नं ०२ को भेट्रान क्लब विजय भएको छ। सो कार्यक्रम का प्रमुख अतिथि उर्लाबारीका युवा व्यवसायी सचिन शाक्यबाट कार्यक्रम सञ्चालन भएको थियो।
सो प्रतियोगिता को कार्यक्रम सञ्चालक मंगलबारे निवासी राम तिम्सिनाले सञ्चालन गरेका थिए। हिजोको दोस्रो दिनको प्रतियोगिताको खेलमा वडा नम्बर २ ले वार्ड नं ६ लाई १-० गोलको अन्तरले विजयी हासिल गरेको थियो।
आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले वडा नम्बर ०२ का भेट्रान खेलाडी मित्र धिमाललाई म्यान अफ द म्याच घोषणा गरेको थियो। उनलाई ट्रफीले सम्मानित गरिएको थियो।
उर्लाबारी नगरपालिका वडा नम्बर २ र ३ को मुख्य प्रयोजन रहने सो प्रतियोगिताको फाईनल खेल आगामी सेप्टेम्बरमा हुने आयोजकले जनाएको छ।

यसैगरी आज हुने तेस्रो दिनको प्रतियोगिताको खेल वडा नम्बर ९ र ३ का भेट्रान टीम बिच दिउसो ३ बजेदेखी संचालन हुने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement