भद्रपुर: मोरङको बेलबारी १ मा निर्माणधिन बेलबारी सपिङ कम्प्लेक्स निर्माण शुरु भएको ५ बर्ष बितिसक्दा समेत आधा मात्र काम भएको छ।
सपिङ कम्प्लेक्स २०२२ जुलाई नै निर्माण सम्पन्न भईसक्नुपर्ने थियो। निर्माण सम्झौतामा समेत त्यहि कुरा उल्लेख छ। तर सोही समयमा निर्माण सम्पन्न नभएपछि २०८२३ जुलाईमा सो भवन सम्पन्न गर्नका लागि म्याद थप गरी सम्झौता गरिएको थियो। भवन सम्पन्न गर्ने मिति सकिएको २ महिना बितिसक्दा समेत भवन निर्माण अलपत्र अबस्थामा रहेको छ। भवनको काम अझै ४० प्रतिशत बढी बाँकी रहेको बेलबारी नगरपालिका सहरी पुर्बाधार शाखाका प्रमुख रामशंकर शाह बताउँछन्।
रबिना, अबिसा, अभियान जेभि काठमांडूले ११ करोड ९९ लाख ८५ हजार ७ सय १४ रुपैयामा ठेक्का पाएको सो भवन निर्माण शुरु भएको यतिका बर्ष बित्दा समेत आधा मात्र काम सम्पन्न भएको छ। पटक पटक म्याद थप्दै आउको सो कम्पनीको म्याद गत असारमै सम्पन्न भईसकेको छ। निर्माण बापत बेलबारी नगरपालिकाले ५ करोड ४६ लाख २९ हजार ८ सय ८ रुपैया भुत्तानी समेत गरेको छ। समयमै काम सम्पन्न नभएपछि सो भवन निर्माणको काम यतिबेला ठप्प रहेको छ।
पटक पटक म्याद थप गरेर पनि काम सम्पन्न गर्न नसकेको सो कम्पनीको म्याद समेत सकिएको अबस्थामा अब म्याद थप गर्ने या नगर्ने भन्ने बिषयमा कम्पनीलाई जानकारी गरी बोलाएको र कार्यपालिका बैठकले म्याद थप्ने वा नथप्ने निर्णय गर्ने बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण ढकाल बताउँछन्।