राजधानीमा १५५औं गॉंधी जयन्ती पालन

n6333846861727892984347d06309db215eedee01e1df98300837d23ef884790addfd035fe67a2d3919ec17

शहरी स्थानीय निकाय र ग्रामीण स्थानीय निकायहरूलाई
स्वच्छताको क्षेत्रमा उत्कृष्टताको निम्ति राज्यपालको बाहुलीद्वारा सम्मानित

गान्तोक: सिक्किमको राजधानी गान्तोकको एमजी मार्गमा आज बिहान आयोजित महात्मा गॉंधीको १५५औं जयन्तीको अवसरमा एक समारोहमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर सहभागी बने। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ, विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण, प्रशासनका वरिष्ठ अधिकारीहरू र जन समुदाय उपस्थित थिए। एमजी मार्गस्थित महात्मा गॉंधीको प्रतिमामा राज्यपालले पुष्प माला अर्पण गरेर श्रद्धाञ्जलि अर्पित गरे। यस क्रममा राष्ट्रपिता महात्मा गॉंधीको १५५औं जयन्तीको अवसरमा शहरी विकास विभाग र ग्रामीण विकास विभागद्वारा स्वच्छ भारत पुरस्कार २०२४ कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रम अन्तर्गत शहरी स्थानीय निकाय र ग्रामीण स्थानीय निकायहरूलाई स्वच्छताको क्षेत्रमा उत्कृष्टताको निम्ति राज्यपालको बाहुलीद्वारा सम्मानित गरियो। यसैगरी, स्वच्छता ही सेवा अभियान अन्तर्गत सफाई मित्रहरूलाई पनि उनीहरूका अमूल्य योगदानको निम्ति सम्मानित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement