गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राष्ट्रपिता महात्मा गॉंधी र पूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीको जयन्तीको पावन अवसरमा राजभवन परिसरस्थित प्रतिमा एवं चित्रमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पित गरे।यस अवसरमा राजभवनका सचिव जिग्मी दोर्जी भोटियासहित अन्य अधिकारी र कर्मचारीहरू पनि उपस्थित रहेको जानकारी विज्ञप्तिमा दिइएको छ।