तुमिन लिङ्गीमा पालन गरियो गान्धी जयन्ती

IMG-20241002-WA0379

गान्तोक: १५५औं गान्धी जयन्तीको अवसरमा तुमिन लिङ्गी समष्टि अन्तर्गत लिङ्गी कर्जी निम्न माध्यमिक विद्यालयमा एक कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा एसकेएम प्रवक्ता जेकब खालिङ मुख्य अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा मुख्य अतिथि एवं अन्य विशिष्ट अतिथिहरूले महात्मा गान्धीको तस्वीरमा माल्यर्पण गरेर शुरु भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले रोचक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता जेकब खालिङले महात्मा गान्धीको जन्म जयन्तीको अवसरमा सबैलाई बधाई अनि शुभकामना दिए। महात्मा गान्धीको जीवनले हामी सबैलाई सरल जीवन जिउनको निम्ति प्रेरित गर्ने बताए। उनको जीवनलाई सार बनाएर हामी जिवनको बाटोमा अघि बढे कहिल्यै निराश नहुने बताए। संसारमा जस्तै ठूलो परिवर्तन किन नहोस् त्यसको सुत्रधार आफू स्वयं हुनुपर्ने उनको सन्देशलाई सबैले आत्मसात गरेर अघि बढ्दै समाजमा परिवर्तनको सूत्राधार प्रत्येक व्यक्ति हुनुपर्ने कुरामा जोड दिए। खालिङले कला केवल शहर बजारहरूमा मात्र होइन तर गाउँ बस्तीको भीर पखराहरूमा लुकेर बसेको हुन्छ यदि यी नानीहरूलाई स्याहार गरेर हुर्काए यी नानीहरूले नै भविष्यमा राज्यलाई प्रगतिको पथमा अघि बढाउने विश्वास व्यक्त गरे। अब सिक्किम राज्यका युवाहरूले आफ्नै पैसाले चाढ पर्वहरू मनाउने प्रथाको सुत्रपात गर्नुपर्ने परामर्श दिए। हाम्रा आमा बाबुहरूले आफ्नै परिश्रमको पैसाको भरमा चाढ पर्वहरू पालन गर्ने गरेको तर बिस्तारै युवाहरूमा चाढ पर्वहरू नेताहरूको भरमा बस्ने परम्परा बस्दै गएको अनि यो घातक कुरा रहेको उनले बताए। अब यो परम्परालाई मासेर नयाँ प्रथाको स्थापना गर्नुपर्ने खालिङले सुझाव दिए।गुणस्तरीय क्षिक्षाले नै समाजको उन्नती हुने कुरालाई ध्यानमा राखेर मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा एसकेएम सरकारले शिक्षालाई प्राथमिकता दिएर कार्य गरिरहेको उनले बताए। यसको साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकता दिएर कार्य भइरहेको उनले बताए। कार्यक्रमलाई सम्बोधन गर्दै खालिङले आफ्नो पक्षबाट पाठशालालाई स्टाफ चियर अनि फ्यान प्रदान गर्ने घोषणा गरे। कार्यक्रममा मुख्य अतिथिको बाहुलीवाट उक्त विद्यालयका दुई जना अवकाशप्राप्त शिक्षिकाहरूलाई सम्मान जनाइयो भने यो कार्यक्रमलाई सफल बनाउन शुरुदेखि खट्ने व्यक्तित्वहरूलाई पनि सम्मान जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement