गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप)-ले आज गान्तोकको अदमपुलस्थित पार्टी मुख्यालयमा १५५औं गान्धी जयन्ती पालन गऱ्यो। पार्टी अध्यक्ष गणेश राईको मुख्य आतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका सदस्यहरूले महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्दै उनले देखाएको शान्ति र अहिंसाको मार्गमा चल्ने प्रतिवद्धता जाहेर गरे। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गणेश राईले राज्यमा वर्तमानको एसकेएम सरकारले जनतालाई दुःख दिने काम गरेको साथै जनताको लोकतान्त्रिक अधिकारहरूको उल्लङ्घन गरिरहेको आरोप लगाए। सरकारले आफ्नो पार्टीलाई गत चुनाउमा भोट नदिएको बहाना गर्दै शास्ती दिन काम गरेको उनको भनाइ रहेको छ।