शंघाई: भारतका शीर्ष एकल टेनिस खेलाड़ी सुमित नागलले शंघाई मास्टर्स टेनिस टुर्नामेण्टमा पनि आशानुरुप प्रदर्शन गर्न सकेनन्। उनले बुधवार खेलिएको पहिलो राउण्डको म्याचमा सीधा सेटमा हारको सामना गर्नु पऱ्यो । यस २७ वर्षीय भारतीय खेलाड़ीलाई चीनका वू यिबिंगले सजिलैसँग ६-३, ६-३-ले पराजित गरे। यसअघि नागल अगस्तमा सालको चौथो तथा अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपनको पुरुष एकल वर्गमा पनि पहिलो राउण्डमा नीदरल्याण्डका टालोन ग्रिक्सपुरविरुद्ध पराजित भएका थिए। यूएस ओपनपछि उनी पहिलोपल्ट कुनै टुर्नामेण्टमा खेलिरहेका थिए। नागलले हालै भारतको निम्ति स्वीडेनविरुद्ध डेविस कपको म्याचहरूमा खेल्न अस्वीकार गर्दा भारतीय टेनिस संघ (आईटीए)-सँग विवाद भएको थियो। नागल केही समयदेखि ढाड़को चोटसँग जुझिरहेका छन्। उनले चाँड़ै चोटको सर्जरी गराउन सक्छन्।