जीटीए च्याम्पियन्स ट्रफीः दार्जीलिङ पुलिस र सासोनियन एफसी क्वार्टर फाइनलमा

photocollage_202410223051238

दार्जीलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को युवा मामिला एवम् खेलकुद विभागको देखरेखमा स्पोर्ट्स काउन्सिल, जीटीए-द्वारा आयोजित जीटीए च्याम्पियन्स ट्रफी २०२४ फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिस र सासोनियन फूटबल क्लब, कालेबुङले क्वार्टर फाइनलमा स्थान बनायो। दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको सहयोगमा आयोजित यस टुर्नामेण्टमा बुधवार दुईवटा म्याच खेलियो। लेबोङ स्थित गोर्खा स्टेडियममा भएको पहिलो म्याचमा सासोनियन एफसी-ले दार्जीलिङ डायनामोलाई पेनल्टी शूटआउटमा ६-५-ले पराजित गऱ्यो। निर्धारित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। निर्धारित समयको खेलमा सासोनियन एफसी-बाट शिवम खड़काले १६औं र ओंगडुप लेप्चाले ३२औं मिनटमा गोल गरे। यसरी दार्जीलिङ डायनामोबाट फूबाडले २३औं र ५५औं मिनटमा गोल गरे। यसरी दोस्रो म्याचमा दार्जीलिङ पुलिसले मिरिक फूटबल क्लबलाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमबाट शुभम लामाले १९औं, ग्याबो शेर्पाले ८१औं र अभिषेक दर्जीले ४९औं मिनटमा गोल गरे। अन्य एउटा गोल आत्मघाती रह्यो। यसरी मिरिक फूटबल क्लबबाट बिशाल विश्वकर्मले ३३औं र सादिस राईले सातौं मिनटमा गोल गरे। अन्य एउटा गोल आत्मघाती रह्यो। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ५ र ६ अक्टोबरमा हुनेछ। यसरी फाइनल ८ अक्टोबरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement