राज्यपालले महात्मा गान्धीको प्रतिमामा माल्यार्पण गरे

51f6169b3ce9f873a93426bff10fdb10

काेलकाता: पश्चिम बंगालका राज्यपाल डा. सी. वी. आनन्द बोसले बुधवार कोलकाताको मेयो रोडस्थित महात्मा गान्धीको प्रतिमामा माल्यार्पण गरी राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जलि अर्पण गरे।
यस अवसरमा पश्चिम बंगाल सरकारका खाद्य प्रसंस्करण एवं उद्यान विभागीय मन्त्री अरूप रायले राज्यपाललाई स्वागत गरे। राज्यपालले बापुको प्रतिमामा फूलगुच्छा चढ़ाए।उल्लेखनीय छ, गान्धीजीको जयन्तीको अवसरमा प्रत्येक वर्ष २ अक्टोबरको दिन देशभरि नै ‘गान्धी जयन्ती’ -को रूपमा श्रद्धाञ्जलि अर्पण गरिन्छ। राज्यपाल जस्तै मुख्यमन्त्री ममता ब्यनर्जी अनि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस अवसरमा गान्धीजीको योगदानलाई स्मरण गर्दै उनलाई नमन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement