सिलगढी: महालयका दिन राज्यका मुख्यमन्त्री ममता बनर्जीले विभिन्न जिल्लामा पुजाको उद्घाटन गरिन्। उनले पहाडमा ४ र मधेशमा ११ वटा पुजाको उद्घाटन गरिन्, जसमा सिलगढीको सुब्रत संघका साथै विभिन्न पूजा मण्डपहरू शामिल छन्। यस वर्ष सुब्रत संघकाे पूजा ६७औं वर्षमा प्रवेश गर्दैछ। यो वर्ष उनीहरुको नारा ‘परस्पेक्टिभ’ रहेको छ। सुब्रत संघको उद्घाटन कार्यक्रममा सिलगढी नगर निगमका मेयर गौतम देव, सिलगढी पुलिस आयुक्त सी सुधाकर, डीसीपी ट्राफिक विश्वचन्द ठाकुर, डीसीपी पूर्व राकेश सिंह, दार्जिलिङ जिल्ला मजिस्ट्रेट प्रीति गोयल र अन्य अधिकारीहरू उपस्थित थिए।