राष्ट्रिय राजमार्गमा लरी दुर्घटनाग्रस्त

IMG-20240621-WA0012

खोरीबारी: राष्ट्रिय राजमार्ग नं ३२७ मा खोरिबारीको पानीट्याङ्कनजिक ढक्रु मोडमा मालसामान बोकेको लरी अनियन्त्रित भई पल्टिएको हो। आज प्राप्त जानकारी अनुसार उक्त कार्गो लरी सिलगढीबाट बिहार जाँदै थियो।
त्यसपछि ढाक्रु मोडमा अर्को लरीलाई ओभरटेक गर्ने क्रममा लरी नियन्त्रण बाहिर गएर सडक छेउमा रहेको जलाशयमा खसेको थियो। यद्यपी घटनामा कुनै हताहतीको खबर आएको छैन। यता, घटनाको खबर पाएलगत्तै खोरीबारीको पानीट्याङ्की थाना पुलिस र खोरीबारी ट्राफिक पुलिस घटनास्थल पुगेका थिए। लरीलाई पछि क्रेनको सहायताले निकालिएको थियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement