तमिल फिल्म निर्देशकले थप्पड हानेको कुरा अभिनेत्री पद्मप्रियाले उजागर गरिन्

00-1-Padmapriya

कोझिकोड: दक्षिण भारतको चर्चित अभिनेत्री पद्मप्रियाले मंगलबार केही वर्ष अघि एक तमिल फिल्मको सेटमा भएको एक दु:ख भएको घटना अनुभव साझा गरिन्l जहाँ एक फिल्म निर्माताले उनलाई सबको अघि थप्पड हानेका थिए। एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् कि त्यस समय मीडिया रिपोर्टमा झुटो दाबी गरेको थियो कि उनले निर्देशकलाई थप्पड हिर्काइन्, अनि कसिले पनि यो सवाल गरेनन् कि यदि साँचो थियो भने उनले फिल्म एसोसिएसनसित किन शिकायत गरेनन्। ४४ वर्षीय अभिनेत्रीले भनिन्, ‘यो घटनाले एक व्यापक मुद्दालाई  दर्शाउँछ जहाँ महिलाहरूको अनुभवहरूलाई प्राय: खारेज गरिन्छ या गलत तरिकाले पेश गरिन्छ।‘ घटनापछि निर्देशकलाई उद्योगद्वारा ६ महिनाको लागि फिल्म बनाउन रोक लगाएको थियो, तर उनलेयसपछि तमिल फिल्महरूमा भूमिका स्वीकार गर्न बन्द गरिन्। उनले भनिन् कि त्यति बेलासम्म तब उनलाई फिल्म सेटमा कुनै भयानक अनुभव भएन। निर्देशकको नाम नलिकन उनले भनिन् कि शुटिङ सकेपछि निर्देशकले उनली सबैको अघि थप्पड हाने। केही मलयालम फिल्महरूमा काम गरेकी अभिनेत्रीले फिल्म उद्योगमा महिला पेशादरहरूका साथ हुने असमानतालाई उजागर गरिन्। न्यायमूर्ति हेमा समितिको रिपोर्टमा चकित पार्ने खुलासालाई मद्देनजर गर्दै उनको शब्द महत्वपूर्ण भयो, जसमा मलयालम फिल्म उद्योगमा महिलाहरूको उत्पीडन र शोषणमा प्रकाश पारिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement