मझुवा: आज दिनांक २ अक्टोबर २०२४ को दिन अप्पर बतासेको चारवटा स्वनिर्भर दल उपहार स्वनिर्भर दल, उदेश्य स्वनिर्भर दल, प्रतिक्षा स्वनिर्भर दल र त्रिवेणी स्व निर्भर दलले गाउँको बाटो सरसफाई गरेको छ।बाटो वरिपरिका प्लाष्टिकहरू, मैला कुचेलाहरु सरसफाई गरेर स्वच्छ भारत अभियान पालन गरेको छ।

यसरी आफ्नो गाउँ सरसफाई गरिएको बारे सब क्लस्टर सचिव फुडोमा भोटिया अनि प्रज्ञा प्रधानले जानकारी दिएका छन्।









