दार्जीलिङ: चिया बोनसबारे श्रमायुक्तद्वारा जारी परामर्श (एडभाइजरी) विरुद्ध हस्तक्षेपको मागमा पार्वत्य श्रमिक सङ्गठन समन्वय मञ्चले राज्य सरकारलाई पत्रचार गर्ने भएको छ। यसलाई केन्द्र गरेर भोलि दार्जीलिङमा मञ्चको बैठकपछि अघिल्लो चरणको कार्यक्रम तयार गरिने जानकारी प्राप्त भएको छ। अर्कोतिर पहाडका सबै चियाबारीहरुमा भोलि बिहानको गेट मिटिङ यथावत रहने बताउँदै गोजमुमो श्रमिक नेता सुरज सुब्बाले पछिल्लो केही दिन बन्द गरिएको पक्का चियापत्ती रोक्ने क्रम यथावत रहने थप जनाएकी छन्। यता पहाडका बन्द चियाबारीहरुमा थपेर प्रदान गरिने जीटीए रिलिफ फण्ड वितरण गरिनु पर्ने अपील गर्दै सुब्बाले गत वर्ष वितरित उक्त फण्डको हिसाब किताब सार्वजनिक गरिनु पर्ने माग गरेका छव्। बीस प्रतिशत चिया बोनसको मागमा समन्वय मञ्च अडिग रहेको बताउँदै माकपा श्रमिक सङ्गठन नेता समन पाठकले भोलि हुने बैठकमा आज अनुपस्थित भागोप्रमो अनि तृणमूल कंग्रेसको श्रमिक संगठनलाई आगामी कार्यक्रममाथि छलफल गरिने जनाए। आज सम्पन्न श्रमिक शक्ति प्रदर्शनीपछि स्थानीय क्रामाकपा पार्टी कार्यालयमा समन्वय मञ्चको बैठक बस्यो। उक्त बैठकमाा उक्त सत्तारूढ दलका श्रमिक सङ्गठन नेतृत्वहरुबाहेक अन्य श्रमिक सङ्गठनका पदाधिकारीहरु उपस्थित रहेका थिए।