दार्जिलिङको दवाई पानीमा हाम्रो नारी शक्ति समुहको गठन

SAVE_20220823_193142.jpg

दार्जीलिङ: दार्जिलिङको दबाई पानीमा हाम्रो पार्टीको सभा सम्पन्न भयो। कला छेत्रीको अध्यक्षतामा दवाई पानीमा हाम्रो पार्टीको सभा सम्पन्न भयो। सभामा सुभानधुरा, कोठी धूरा,स्कूलधुरा आदि क्षेत्रका मानिसहरूको उपस्थिति रहेको थियो। सभामा दवाई पानीको सुभानधुरा, कोठीधुरा, स्कूलधुरालाई लिएर हाम्रो नारी शक्ति समुहको गठन गरियो। यसमा सर्वसहमतिले प्रीति छेत्रीलाई अध्यक्षा चयन गरियो। त्यसरी नै सुरेखा छेत्री उपाध्यक्ष, बसन्ती सुनुवार सचिव, सह सचिव रन्जिता राई, कोषाध्यक्ष देविका राईलाई चयन गरियो। त्यसरी नै सल्लाकारहरूमा कला छेत्री, पूर्णिमा मुखियाँ, सुवनम मुखियाँ, अमला छेत्री, रोजलिन मुखियाँ,सविना तामाङ, पदमा छेत्री, वविता राई चयन गरिएको छ। त्यसरी नै अन्य सदस्यहरूमा रेनुका राई, अमृता छेत्री,सुमित्र छेत्री, आरती मुखियाँ, निक्का मुखियाँ, डोमा शेर्पा, लक्ष्मी प्रधान, प्रतिमा छेत्री, दीपा छेत्री,सरिता राई, पुष्पलक्ष्मी राई, सुदिपा राई, प्रनिता राई आदि रहेका छन्।

About Author

Advertisement