देहरादुन अन्तर्राष्ट्रीय म्याराथन २०२४ मा तीनधारेको मनिष माझी बने प्रथम

IMG-20241002-WA0336

खरसाङ: तीनधारेको सत्र माइल निवासी मनिष माझीले देहरादुन म्याराथन २०२४ जितेको छ। तीनधारेको छोरो मनिष माझीले देहरादुनमा आयोजित देहरादुन अन्तर्राष्ट्रीय म्याराथन २०२४ मा प्रथम स्थान ओगट्न सफल भएका छन्। गत २९ सेप्टेम्बरमा देहरादुनमा वर्ल्ड एथलेटिक्स, अबोट वर्ल्ड म्याराथन मेजोरको आयोजनामा सम्पन्न १० किलोमीटरको म्याराथनमा मनिष माझीले सबैलाई उछिनेर प्रथम स्थान ओगट्न सफल भएका छन्। उक्त देहरादून अन्तर्राष्ट्रीय म्याराथनमा भारत लगायत अन्य विभिन्न देशहरूबाट आएका एक हजार धावकहरूले भाग लिएका थिए।

एक हजार जनाले भाग लिएका उक्त देहरादून म्याराथनमा प्रतिस्पर्धा टप स्तरको भए पनि तीनधारेको सुपुत्र मनिष माझीले आफ्नो उत्कृष्ट प्रदर्शनी गर्दै सफल स्थान ओगट्न सफल भएका छन्। उनले आफ्नो परिवार, गाउँ र तीनधारे क्षेत्रलाई गौरान्वित बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement