गोजमुमो खरसाङ टाउन कमिटीद्वारा गाँधी जयन्ती पालन

IMG-20241002-WA0333

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा खरसाङ टाउन कमिटीले १५५औँ महात्मा गान्धी जयन्ती पालन गरेको छ। बुधबार नारी मोर्चा केन्द्रीय समिति संयोजक शकुन्तला लामाको विशेष उपस्थितिमा राष्ट्रपिता महात्मा गान्धीको जन्म जयन्ती खरसाङको पार्क लोकेशन नजिक गड्डीलाईनको पार्टी कार्यालयमा श्रद्धापूर्वक पालन गरिएको हो। यस अवसरमा बोल्दै सकुन्तला लामाले महात्मा गान्धीजीको जीवनीको बारेमा बताउदै गान्धीजीले अंग्रेज विरूद्ध भारत छोड़ो आन्दोलनमा सत्याग्रह गरी भारत देशलाई स्वतन्त्र गराएका थिए भनी बताइन। लामाले आजकै दिन देशका अर्का एक विभूति लालबहादुर शास्त्रीको पनि जन्म जन्म जयन्ती रहेको बताइन्। गाँधीजीको सिद्धान्तलाई अपनाएर नै गोर्खा जनमुक्ति मोर्चा पार्टीले अहिंसाको मार्गमा हिँड़ेर आज पर्यन्त कार्य गरीआएको तिनले बताइन् अनि भविष्यमा पनि यही सिद्धान्तमा रही रहनेछ भनी बताइन्। कार्यक्रममा गोजमुमो खरसाङ टाउन कमिटी, नारी मोर्चा खरसाङ टाउन कमिटीका नेतृत्व लगायत गोजमुमो अनि यसका भातृ संगठनका अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement