२० प्रतिशत बोनस माग गर्दै चिया बगान मजदुरको आन्दोलन जारी

IMG-20241002-WA0293

 सिलगढी: उत्तर बंगालको अर्थतन्त्रको मेरुदण्ड मानिने ‘टिम्बर एण्ड टुरिज्म’ का कर्मचारीहरूले २० प्रतिशत बोनसको माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन्। २० प्रतिशत बोनसको विषयमा ६ वटा त्रिपक्षीय बैठक बसे पनि हालसम्म कुनै समाधान हुनसकेको छैन। मुख्यमन्त्री ममता ब्यानर्जीको उत्तर बंगाल भ्रमणको बीचमा चिया मजदुरहरूले सोमबार पहाडी क्षेत्रमा १२ घण्टाको हडतालको आह्वान गरेका छन्। त्यसपछि श्रम विभागलाई यो समस्या छिट्टै समाधान गर्न आदेश आएको हो।

तर बैठकमा कुनै समाधान हुनसकेको छैन। १३ प्रतिशतको सट्टा १६ प्रतिशत बोनस दिने निर्देशन दिइएको छ। १६ प्रतिशत बोनसमा श्रम विभाग सन्तुष्ट छैनन्। चिया मजदुरहरुले २० प्रतिशत बोनस दिन माग गरेका छन्। २० प्रतिशत बोनसको माग गर्दै बुधबार दार्जीलिङमा किसान मजदुर संगठनले जनसभाको आह्वान गरेको छ। बुधबार बिहान दार्जीलिङ शहरमा चिया मजदुर संगठनद्वारा जुलुस निकालियोl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement