भोट नदिएको निहुँमा जनतालाई सताएको आरोप लगाए सिएपी अध्यक्षले

n6333929271727873704958c9b6ad3c4327b7ba3e2e39eb92e2f6fb9f5b5af950659a29b35a4be06174c4c9

गान्तोक:: सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले २ अक्टोबर २०२४ का दिन अदमपुलस्थित आफ्नो पार्टी मुख्यालयमा राष्ट्रपिता महात्मा गॉंधीको १५५औं जन्मजयन्ती समारोह भव्यरूपमा मनाएको छ।
पार्टी अध्यक्ष गणेश कुमार राईको मुख्य आतिथ्यमा आयोजित यस कार्यक्रममा गॉंधीप्रति श्रद्धा सुमन अर्पण गर्दै गॉंधीले अप्नाएको शान्ति र अहिंसाको मार्गलाई सिक्किमको वर्तमान परिस्थितिमा अझ सान्दर्भिक र अनिवार्य भएको बताए। उक्त जानकारी आज जारी एक प्रेस विज्ञप्तिमा दिइएको छ।समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले सिक्किम सरकारले जनतालाई दुःख दिने कार्यहरू गरेको, लोकतान्त्रिक अधिकारहरूको उल्लंघन भएको र भोट नदिएको निहुँमा जनतालाई सताइएको आरोप लगाए। उनले वर्तमान सरकारलाई स्वतन्त्रताको वास्तविक अर्थबोध नभएको र यसको परिणाम स्वरूप जनताले निराशा र कष्ट भोग्नुपरेको छ भनी बताए। अध्यक्ष राईले भने, ‘आजको दिनमा, महात्मा गॉंधीले देखाएको मार्ग सत्य, अहिंसा र सहनशीलता- हाम्रा लागि मार्गदर्शक हुनुपर्छ। हाम्रो पार्टीले गॉंधीजीका यी आदर्शहरूलाई आत्मसात गर्दै सिक्किमको जनताका हक, स्वतन्त्रता र सम्मानको पक्षमा निरन्तर लड्दै जाने छ।’यस अवसरमा, पार्टीका वरिष्ठ नेता र कार्यकर्ताहरूले पनि महात्मा गॉंधीको योगदानप्रति आभार व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सिक्किमको राजनीतिक अवस्थालाई सुधार गर्न सिटिजन एक्सन पार्टी-सिक्किमको संकल्पलाई दोहोऱ्याए। समारोहमा उपस्थित सबैले गॉंधीजीका विचारहरूलाई आत्मसात गर्दै राज्यमा शान्ति, न्याय र समानताका लागि संघर्ष जारी राख्ने प्रतिज्ञा गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement