गान्तोक: गॉंधी जयन्तीको अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राजधानीस्थित न्यू एसटीएनएम अस्पतालको भ्रमण गरे। भ्रमणको क्रममा राज्यपालले अस्पताल परिसरको निरीक्षण गर्दै उपचाराधीन बिरामीहरूको हालचालबारे जानकारी लिए र उनीहरूलाई पौष्टिक खाद्य प्याकेट वितरण गरे।राज्यपालले स्वास्थ्य विभागका प्रधान सचिव सनोज कुमार झा, चिकित्सा अधीक्षक डा. रूथ योञ्जन, विभागका उच्च अधिकारीहरू, चिकित्सकहरूसॅंग पनि कुराकानी गरे। उनले राज्यको सबैभन्दा ठूलो सरकारी अस्पतालमा उपलब्ध चिकित्सा सुविधाहरू र सेवाहरूको बारेमा जानकारी प्राप्त गरे।भ्रमण अवधि राज्यपालको साथमा राजभवनका सचिव जेडी भोटिया, अतिरिक्त सचिव खेमराज भट्टाराई तथा एसटीएनएम र राजभवनका अन्य अधिकारी र कर्मचारीहरू पनि उपस्थित रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।