सरकारी वाहनको दुरुपयोग विषयलाई लिएर विभागकाे कडा निर्देशन

IMG-20240717-WA0003

गान्तोक: सिक्किम सरकारको गृह विभागले सरकारी वाहनको दुरुपयोगलाई लिएर कडा दिशानिर्देश जारी गरेको छ। सरकारद्वारा जारी परिपत्रमा भनिएको छ, सरकारी सवारी साधनहरू वैध ड्राइभिङ इजाजतपत्र वा अधिकृत ड्राइभरहरू भएका नियुक्त अधिकारीहरूले मात्र प्रयोग गर्न पाउनेछन्।अधिकारीहरूले आफ्ना छोराछोरी, आफन्त, साथीहरूलाई ओसारपसार साथै ड्राइभिङ सिकाउन सरकारी वाहनहरू प्रयोग गरे कडाइका साथ कार्वाही गर्ने अनि यस्तो दुरुपयोगको अनुशासनात्मक कार्यवाही हुने चेताउनी दिएको छ।परिपत्रमा अघि भनिएको छ, अबदेखि सबै सरकारी अधिकारीहरूले आफ्नो सेवाबाट अवकाश लिएपछि १५ दिनभित्रमा संलग्न सवारी साधनहरू सम्बन्धित विभागमा समर्पण गर्नुपर्नेछ। यस निर्देशनको पालना नगरेमा विभागका प्रमुखहरू जिम्मेवार हुनेछन् र सिक्किम सरकारी कर्मचारी आचरण नियम १९८१ अन्तर्गत दोषी अधिकारी विरुद्ध उपयुक्त अनुशासनात्मक कारबाही गरिनेछ।विभाग प्रमुख तथा सचिवहरू र जिल्ला अधिकारीहरूलाई यसको कडाइका साथ पालनको लागि आफ्नो प्रशासनिक नियन्त्रणमा रहेका सबै अधिकारीहरूको ध्यानाकर्षण गर्न र गृह विभागमा अनुपालन प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement