दक्षिण सालमारा (असम): दक्षिण सालमारा-मानकाचर जिल्लाको हाटशिंगीमारीमा बाह्रजना बंगलादेशी नागरिकहरूलाई पक्राउ गरिएको छ। यी बंगलादेशी नागरिकहरू मेघालयदेखि मानकचारको हाटशिंगीमारी फुलेरचरमा भारत-बंगलादेश सीमाबाट एउटा टेम्पोमा सवार भएर आइरहेका थिए।
खरूवाबन्धा पुलिसले अवैध रूपमा भारतमा प्रवेश गर्ने यी बंगलादेशीहरूलाई त्यही पक्राउ गऱ्यो। खरूवाबन्धा पुलिस स्टेशनका सब-इन्स्पेक्टर जाकारिया जाफरी बरजहान औ समसुल हक बेपारीले बंगलादेशीहरूमाथि छापा मारेर उनीहरूलाई पक्राउ गऱ्यो। मेघालयदेखि दाउकीको बाटो भएर यी बंगलादेशीहरू भारतमा प्रवेश गरेका थिए। भारतमा प्रवेश गरेपछि यिनीहरूले अवैध रूपमा आधार कार्ड बनाएका थिए। पक्रा पर्ने सबै बंगलादेशीहरूसित खरूवाबन्धा पुलिसले विस्तृत जानकारीको लागि जाँचबुझ गरिरहेको छ।