बीस प्रतिशत बोनसको मांगमा पार्वत्य श्रमिक संगठन समन्वय मञ्चको आयोजनामा दार्जिलिङमा विराट रैलीको आयोजना

IMG-20241002-WA0303

दार्जिलिङ: चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशतको दरले हुनुपर्छ भन्ने मांगमा दार्जिलिङ पहाड़को आठवटा श्रमिक संगठनहरू पार्वत्य श्रमिक संगठन समन्वय मञ्चद्वारा दार्जीलिङमा विराट रैलीको आयोजना गरिएको छ। यसावधि श्रमिकहरूले शक्ति प्रदर्शन गर्दै व्यापक रूपमा नाराबाजी गरेका छन्। जय श्रमिकको नाराले दार्जिलिङ गुञ्जेको छ।श्रमिकहरुले दार्जीलिङ चियालाई ‘ब्लड टी’ लेखिएको पोस्टरहरू प्रदर्शन गरेका छन्। मालिक, श्रम विभागको प्रतिवादमा नारा जुलुस गर्दै १६ प्रतिशत बोनसबारे जारी एडभाइजरीलाई दहन, प्रतिलिपी जनालेको छ। यसावधि विराट रैलीको आयोजना गरिएको थियो। उक्त रैली दार्जीलिङको रेलवे स्टेशनबाट शुरु भएर चोक बजारमा पुगेर पथ सभामा परिणत भएको थियो। उक्त पथ सभालाई आठवटा श्रमिक संगठनहरूद्वारा गठित पार्वत्य श्रमिक समन्वय मञ्चको नेताहरूले सम्बोधन गरेका थिए। उक्त रैलीमा दार्जिलिङ पहाड़को विभिन्न स्थानहरूबाट श्रमिकहरू र श्रमिक संगठनहरू रैलीमा सामेल भएका थिए। रैलीमा श्रमिकहरूले विभिन्न नाराहरू लगाउँदै बीस प्रतिशत बोनसको माग गर्दै नाराहरू लगाएका थिए। दार्जिलिङ पहाड़मा बीस प्रतिशत बोनसको लागि श्रमिक एकता देखाएका थिए।

यस अवसरमा आयोजित पथसभालाई गोजमुमो श्रमिक सङ्गठन नेता सुरज सुब्बा, माकपाको ट्रेड युनियनबाट समन पाठक, क्रामाकपाको श्रमिक संगठनको नेता सुनिल राई आदिले श्रमिकहरूलाई सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement