कोशिका राज्यमन्त्री राईको गाडीमा ढुंगा प्रहार

IMG-20241002-WA0300

भद्रपुर: उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न गएकी कोशी प्रदेश मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सृजना राई सवार गाडीमा मंगलबार (१सेप्टेम्बर) राति आक्रमण भएको छ। बाढी पहिरो पछिको अवस्था र राहत तथा उद्धारको विषयमा अनुगमनमा पुगेको राज्यमन्त्री राईको टोलीलाई उदयपुरमा अज्ञात समूहले ढुंगा प्रहार गरेको छ।
भोजपुरको निर्माणाधीन मोटेरेवल चुहार पुल, एखुवा खोला पुल, अविरल वर्षातको कारण क्षतिग्रस्त चुहारको झोलुङ्गे पुल, जोगेपाथर घारे झोलुङ्गे पुल, बाक्सीखोप झोलुङ्गेपुलको अवलोकन गरेर फर्किने क्रममा मन्त्री राई सवार गाडीमा ढुंगा प्रहार भएको हो। प्रदेश १ – ०४- ००१ झ ००३२ नम्बरको गाडीमा उदयपुरको बेलका नगरपालिका वडा नं. ८ सिरवानी माथीको लिफ्टिङ् खानेपानी ट्याङ्की मुनि बिग्रेको टर्नीङमा बेलुकी १० बजे अज्ञात समूहले ढुंगा हानेको राईले बताए। आक्रमणका लागि हतियारसहित आएका समूहको हाउभाउ र हातहतियार हेर्दा गाडी रोकिएको भए ज्यान नै तलमाथि हुन सक्ने उनको अनुमान छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement