१६ प्रतिशत चाहिएको होइन २० प्रतिशत बोनसको मांगमा श्रमिकहरूद्वारा खरसाङमा श्रमिकहरू सड़कमा निस्केर धरणा प्रदर्शन

IMG-20241002-WA0278

खरसाङ: चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशतको मांगमा श्रमिकहरूले खरसाङमा रोड ब्लक गरेको छ। खरसाङको टुरिस्ट लज परिसरमा विभिन्न स्थानहरूबाट चियाबारी श्रमिकहरू आएर रोड ब्लक गरेका छन्। चियाबारी श्रमिकहरूको पक्षमा हिल प्लान्टेशन इम्प्लोइज युनियनको अगुवाईमा खरसाङको सड़कमा निस्केर बीस प्रतिशत बोनसको मांगमा रोड ब्लक गरेर राखेका थिए। हिल प्लान्टेशन इम्प्लोइज युनियनको अगुवाईमा रोहिणीको टोल प्लाजा क्षेत्रमा रोड ब्लक गर्ने पूर्व घोषित कार्यक्रम अनुसार गईरहेको समय खरसाङमा रोकेको भन्दै खरसाङको टुरिस्ट लज क्षेत्रमा नै विरोध प्रदर्शन गर्न थालेका थिए। उक्त धरणा प्रदर्शनमा अन्य क्षेत्रबाट पनि श्रमिकहरू भेला हुन थालेपछि टुरिस्ट लज परिसर र पंखाबारी रोड र खरसाङ बजार जाने रोड पूरै ब्लक गरेर राखेका थिए। श्रमिकहरूले बीस प्रतिशत बोनसको माग गर्दै गाड़ीहरू चल्ने रोडमा नै प्रदर्शन गरेका थिए। चियाबारी श्रमिकहरूले बीस प्रतिशत बोनसको मांगमा पथ अवरोध गरेपछि दार्जिलिङबाट आएका गाड़ीहरू र सिलगढीपट्टिबाट आएका गाड़ीहरू जाम लाग्न थालेको थियो। उक्त धरणा प्रदर्शन अवधि श्रमिकहरूले आपतकालीन सेवाको गाड़ीहरू, रेल हवाई टिकट हुनेहरू र बिमारीहरू साथै अन्य आपतकालीन अवस्थामा रहेकाहरूलाई पालैपालो छोडिदिएका थिए। उक्त धरणा प्रदर्शनमा पुलिस प्रशासन आएर प्रदर्शनकारीहरूसित बातचीत गरेर खोलाउने प्रयास गरेका थिए। श्रमिकहरूद्वारा ३ बजेसम्म धरणा प्रदर्शन गरिने भनिए पनि अन्तत: २ बजे उक्त धरणा प्रदर्शन खोलिएको छ। धरणा प्रदर्शनमा रहेका श्रमिकहरूले राती फोनमा १६ प्रतिशतले बोनस पसेको बताउँदै हामीलाई १६ प्रतिशत चाहिएको होइन तर हामीलाई बीस प्रतिशतको दरले बोनस चाहिएको बताएका छन्।

श्रमिकहरूले आक्रोस पोख्दै चुनावको बेलामा आउने नेताहरू कता गयो भन्दै भोट हालेर जिताएको नेताहरू श्रमिकहरूको लागि सड़कमा आउनुपर्छ भनी मांग गरेका छन्। श्रमिकहरूले हामीले अनित थापालाई भोट दिएर जिताएको हो। हामीले राजु विष्टलाई भोट दिएर जिताएको हो तर श्रमिकहरूलाई पर्दा खोई नेताहरू भनी बताएका छन्। अब फेरि भोट माग्नु नआउनु नेताहरू भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement