कोचबिहार: दुई भाजपा नेताको घरमा अँध्यारोमा हमला भएको छ। घरमा तोडफोड भएको छ र भाजपाले यसका लागि तृणमूललाई दोष लगाएको छ। गएरातिको अन्धकारमा तुफानगञ्ज शहर भाजपा युवा मोर्चा सचिव निमाई दास र तुफानगञ्ज १ पंचायत समितिका भाजपा सदस्य सुबल बर्मनको घरमा तोडफोड भएको छ। तृणमूल कांग्रेसका समर्थकहरू बाइकमा आएर दुवै नेताको घरमा तोडफोड गरेको भाजपाको आरोप छ। यी नेताहरूलाई ज्यान लिने धम्की पनि दिइएको आरोप छl यद्यपि तुफानगञ्ज शहर ब्लक तृणमूल कांग्रेस अध्यक्ष इन्दरजीत धरले तृणमूलमाथि लगाइएका सबै आरोपहरू अस्वीकार गरेका छन्।