गोरुबथान: कुंग फूल खेलको साण्डा खेलमा यसपटक गोर्खा छोरो रिदम छेत्रीले स्वर्ण पदक जितेको छ। रिदम छेत्री विगत कतिपय साल अघिदेखि यस खेलको माध्यमबाट विभिन्न स्थानहरुमा आयोजना भइरहेको प्रतिस्पर्धामा भाग लिने गरेको छ। यसपटक १८ सितम्बरदेखि २५ सितम्बरसम्म केडी सिंह स्टेडियम, लखनउ, उत्तरप्रदेशमा सम्पन्न १५औं नेशनल कुंग फु च्याम्पियनसिपमा भाग लिएर स्वर्ण पदक जितेर घर फर्किएका छन्। यस खेलमा उनले ६ वटा भिन्न भिन्न राज्यका खेलाडीहरुसित भिडन्त गरेर स्वर्ण पदक हासिल गरेका हुन्।

यसरी स्वर्ण पदक हासिल गरेपछि उनी एकदमै खुशी हुँदै आफु गोर्खाको छोरो भएको नातामा गोर्खा जातिकै लागि खेलेर यसरी पदक हासिल गरेपछि थप ऊर्जा मिलेको छ।यसपछि आफु चाडै चीनमा सम्पन्न हुने अन्तर्राष्ट्रिय गेम्सको लागि तयारी गर्ने बताए।आफुलाई यस प्रतियोगितामा भाग लिनको निम्ति सहयोग गर्ने सम्पुर्णमा धन्यवाद पनि व्यक्त गरेका छन्।