अबैध चांदीका करोवारी भारतीय नागरिक पक्राउ

IMG-20241002-WA0094

भद्रपुर: कास्की प्रहरीले अवैध चाँदीका ६ किलो गरगहनासहित एक जनालाई पक्राउ गरेको छ। भारतीय नागरिकले अवैध रूपमा चाँदीका गरगहना ओसारपसार गरी रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवास्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार भारतीय नागरिक हाल पोखरा महानगरपालिका नयाँबजार बस्ने ३५ वर्षीय चन्द्र भूषण प्रसादलाई पक्राउ गरेको हो।
उनले बोकेको झोलाभित्र निलो सेतो प्लाष्टिकमा पोका पारी लुकाएर ल्याएको अवस्थामा चाँदीका गरगहना ५ किलो ६९० ग्राम भेटिएको हो।
प्रमाण खुल्ने कुनै कागजात नभएको हुँदा निजलाई गरगहनासहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement