महलयासँगै पितृ पक्ष समापन, अब शुरु भयो देवी पक्ष

Screenshot_20241002_112427_WhatsApp-1

सिलगढी: पितृ पक्ष महलयासँगै समाप्त भयो, अनि अब देवी पक्ष शुरु भयो। हरेक वर्ष झैँ यस वर्ष पनि महलयाको बिहानै तर्पण अर्पण गर्न सिलगढी लालमोहन मौलिक निरञ्जन घाटमा भीड लाग्यो। तर्पणका क्रममा सिलगढी नगरपालिकाका उपमेयर रञ्जन सरकार पनि लालमोहन मौलिक निरञ्जन घाट पुगे। यहाँबाट उनले कुम्हारटोली गएर दुर्गाको मूर्ति निर्माणको निरीक्षण गरे। यस अवसरमा आज ठूलो संख्यामा मानिसले पितृलाई जल अर्पण गरे। महलयाको अवसरमा कुनै अप्रिय घटना हुन नदिन पुलिस प्रशासन सतर्क रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement