पाकिस्तानको वनडे र टी२० टीमको कप्तानी छोड़्न वाध्य भए बाबर आजम

IMG-20241002-WA0201

कराची: बाबर आजमले पाकिस्तानको वनडे र टी२० टीमको कप्तानी छोड़्ने फसेला गरेका छन् अनि उनको स्थानमा मोहम्मद रिजवानलाई पद सुम्पिइने सम्भावना छ। बाबरले बुधवार अबेर राति सोशल मीडियामा जारी आफ्नो बयानमा उनले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र टीम प्रबन्धनलाई गत महिना नै आफ्नो इच्छासँग अवगत गराएको जानकारी दिएका छन्। उनले बोर्ड र टीम प्रबन्धनलाई आफ्नो पद छोड़्ने फसेलाबारे कहिले सूचित गरे भन्ने चाहिँ बाबरले बताएका छैनन्। यस २९ वर्षीय ब्याटरले बताएअनुसार, उनी अब आफ्नो पूरा ध्यान ब्याटिंगमा लगाउन चाहन्छन्। बाबरले भने, म आज तपाईंहरूसँग केही समाचार साझा गर्न गइरहेको छु। मैले पाकिस्तान पुरुष क्रिकेट टीमको कप्तान पदबाट राजीनामा दिने फसेला गरेको छु। मैले पीसीबी र टीम प्रबन्धनलाई गत महिना नै आफ्नो यस फसेलासँग अवगत गराएको थिए अनि यसलाई त्यही समयदेखि प्रभावी मानिन्छ। यस टीमको कप्तानी गर्नु सम्मानको कुरा रह्यो तर अहिले यस पदलाई छोड़ेर आफ्नो मुख्य भूमिकामा ध्यान केन्द्रित गर्ने समय आएको छ।
बाबरले गत वर्ष भारतमा भएको वनडे वर्ल्ड कपमा टीमको निराशाजनक प्रदर्शनपछि पाकिस्तान क्रिकेट टीमको कप्तानी छोड़ेका थिए। त्यसपछि यस साल मार्चमा उनलाई फेरि सीमित ओभरहरूका प्रारूपको निम्ति कप्तान नियुक्त गरिएको थियो। यस स्टार ब्याटरको कप्तानीको दोस्रो कार्यकालले पनि अपेक्षित परिणाम दिन सकेन। बाबरको कप्तानीमा पाकिस्तानले जूनमा अमेरिका र वेष्ट इण्डिजमा भएको टी२० वर्ल्ड कपमा पनि निराशाजनक प्रदर्शन गऱ्यो अनि ग्रुप चरणमै बाहिर भयो। टी२० वर्ल्ड कपमा पाकिस्तानले अमेरिकाविरुद्ध पनि हारको सामना गर्नु परेको थियो। बाबरले भने, कप्तानी गर्नु असाधारण अनुभव रह्यो तर यसको साथमा अतिरिक्त जिम्मेवारी पनि आयो। म अब ब्याटरको रूपमा आफ्नो प्रदर्शनलाई प्राथमिकता दिन चाहन्छु। म अब आफ्नो ब्याटिंगको आनन्द लिन चाहन्छु अनि आफ्नो परिवारलाई समय दिन चाहन्छु, जसमा मलाई खुशी प्राप्त हुन्छ। बाबरले २०२०-मा टेस्ट र वनडे टीमको कप्तानी सम्हालेका थिए। त्यसअघि उनलाई २०१९-मा टी२० टीमको कप्तान बनाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement