यूएफा च्याम्पियन्स लीगः म्यानचेष्टर सिटीको साथमा बार्सिलोना र आर्सनल विजयी

photocollage_2024102141914368

लण्डन: यूएफा च्याम्पियन्स लीग फूटबलमा म्यानचेष्टर सिटीको साथमा बार्सिलोना र आर्सनलले जीतको खाता खोल्यो। म्यानचेष्टर सिटीले मंगलवार राति खेलिएको म्याचमा स्लोवाकियाको क्लब स्लोवन ब्रातिस्लावालाई ४-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ७७ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट इल्के गुण्डोगनले आठौं, फिल फोडेनले १५औं, एर्लिंग हालाण्डले ५८औं र जेम्स म्याकेटीले ७४औं मिनटमा गोल गरे। यस जीतको साथ सिटी २ वटा म्याचमा ४ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा च्याम्पियन्स लीग टेबलको चौथो स्थानमा पुग्यो। गत सीजनको उपविजेता बोरुसिया डर्टमण्डले स्कटल्याण्डको क्लब सेल्टिकलाई ७-१-ले पिट्यो। जर्मन क्लबको यो लगातार दोस्रो जीत हो। होम ग्राउण्डमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने डर्टमण्डबाट करीम एडेयेमीले ह्याट्रिक गरे। उनले ११औं, २९औं र ४२औं मिनटमा गोल गरे। यसबाहेक सेरहो गुईरास्सीले पनि २ गोल गरे। यस जीतको साथै डर्टमण्ड ६ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा शीर्ष स्थानमा कायम रह्यो। यसबीच बार्सिलोनाले स्विट्जरल्याण्डको क्लब यंग बोयजलाई ५-०-ले पिट्यो। आफ्नो होम ग्राउण्डमा ७० प्रतिशत पोजेशनको साथ खेल्ने स्पेनि क्लबबाट रोबर्ट लेवाण्डोस्कीले आठौं र ५१औं मिनटमा २ गोल गरे। यसबाहेक राफिन्हाले ३४औं र इनिगो मार्टिनेजले ३७औं मिनटमा गोल गरे। एउटा गोल आत्मघाती रह्यो। यस जीतपछि बार्सिलोना ३ पोइण्ट्सको साथ दशौं स्थानमा रहन पुग्यो। बार्सिलोनाले आफ्नो पहिलो म्याचमा मोनाकोविरुद्ध हारको सामना गर्नु परेको थियो।
यसरी आर्सनलले हाई भोल्टेज म्याचमा पेरिस सेण्ट जर्मेन (पीएसजी)-विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ३५ प्रतिशत पोजेशनको साथ खेल्ने प्रीमियर लीग क्लबबाट काई हावेर्त्जले २०औं र बुकायो साकाले ३५औं मिनटमा गोल गरे। यस जीतपछि आर्सनल ४ पोइण्ट्सको साथ आठौं स्थानमा पुग्यो। यसरी इण्टर मिलानले सर्बियाई क्लब सेरवेना ज्वेद्जालाई ४-०-ले पिट्यो। होम ग्राउण्डमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने इटलीको क्लबबाट हाकान काल्हानोग्लुले ११औं, मार्को अर्नाउटोविचले ५९औं, लौटारो मार्टिनेजले ७१औं र मेहदी तारेमीले ८१औं मिनटमा गोल गरे। यस जीतपछि इण्टर मिलान ४ पोइण्ट्सको साथ पाँचौं स्थानमा पुग्यो। इण्टरले जिते पनि एसी मिलान चाहिँ हारको सम्मुखीन भयो। एसी मिलानलाई जर्मन क्लब बायेर लेवरकुसेनले १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement