न्यूजील्याण्ड टेस्ट टीमको कप्तानी छोड़े टिम साउदीले

IMG-20241002-WA0168

वेलिंगटन: अनुभवी पेस बलर टिम साउदीले न्यूजील्याण्ड टेस्ट टीमको कप्तानी छोड़ेका छन् अनि विकेटकीपर ब्याटर टम लाथमलाई भारत यात्रामा खेलिने तीनवटा टेस्ट म्याचको सीरीजको निम्ति कप्तान नियुक्त गरिएको छ। हालै श्रीलंकाविरुद्ध दुईवटा टेस्ट म्याचको सीरीजमा ०-२-ले हारपछि साउदीले कप्तानी छोड़्ने फसेला लिए। सीरीजको दोस्रो म्याचमा न्यूजील्याण्ड ईनिंग्स र १५४ रनको ठूलो अन्तरले पराजित भएको थियो। केन विलियम्सनले २०२२-को अन्तमा कप्तानी छोड़ेपछि साउदीको टेस्ट टीमको जिम्मेवारी लिएका थिए। उनको कप्तानीमा न्यूजील्याण्डले १४ वटा टेस्ट म्याच खेलेर ६ वटा जित्यो अनि दुईवटा टेस्ट म्याच ड्र रह्यो। न्यूजील्याण्डका ३५ वर्षीय पेस बलरले बताएअनुसार, टीमको सर्वोत्तम हितमा उनले पद छोड़्ने फसेला गरेका छन् अनि नयाँ कप्तानको रूपमा लाथमलाई समर्थन गर्नेछन्।
साउदीले भनेका छन्, एउटा खास प्रारूपमा ब्ल्याक क्याप्स (न्यूजील्याण्ड)-को कप्तानी गर्नु मेरो निम्ति सम्मान र सौभाग्यको कुरा रह्यो। मैले आफ्नो पूरा करियरमा सदा आफ्नो टीमलाई प्राथमिकता दिने प्रयास गरे अनि मेरो विचारमा यो फसेला टीमको हितमा सबैभन्दा राम्रो हुनेछ। मेरो विचारमा म टीमको निम्ति मैदानमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गरेर, विकेट लिन जारी राखेर अनि न्यूजील्याण्डलाई टेस्ट म्याच जिताउनमा सहायता गरेर आफ्नो योगदान दिन जारी राख्न सक्नेछु। म सदा झैं आफ्ना साथीहरू अनि विशेषगरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो स्थान बनाउने रोमाञ्चक युवा बलरहरूलाई समर्थन गर्न जारी राख्नेछु। म टम (लाथम)-लाई यस भूमिकाको निम्ति शुभकामना दिन्छु अनि म यस यात्रामा उनलाई साथ दिन सदा हाजिर रहनेछु, जस्तो उनले गत केही सालदेखि मेरो निम्ति गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement