राजगञ्ज: सिलगढी संलग्न फुलबारी बटतला इलाकामा तीव्र गतिमा आइरहेको समान बोकेको एउटा ट्रक अनियन्त्रित भएर सडक किनारमा राखेको चारचक्के वाहनसहित दुर्गा पुजाको पन्डालभित्र पस्यो। उक्त घटनामा पुजाको पण्डाललाई क्षति पुऱ्याएको छ। प्राप्त जानकारीअनुसार फुलबारी बटतला पुजा कमिटीले केही महिना अगावै दुर्गा पुजाको पण्डाल बनाउने कार्य शुरू गरेको थियो।
आज पनि पण्डालको काम चलिरहेको समय फुलबारी मोडमा एउटा मकै बोकेको ट्रक अनियन्त्रित भएर सडक किनारमा रहेको वाहनसितै पुजा पण्डालभित्र पस्दा पुजा पण्डालमा निक्कै क्षय क्षति भए तापनि कसैको ज्यानलाई कुनै क्षति नपुऱ्याएको बताइएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस तथा फुलबारी ट्राफिक गार्ड पुलिस घटनास्थलमा पुगेर दुईवटा वाहन आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।









