भद्रपुर: मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोबिनीमा दुर्घटनामा परेर घाइते भएका १ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार भित्री सडक खण्डमा को १ ज ८९६७ नम्बरको पिकअप गाडी र मे ६ प ९८७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर गत शनिबार दिउँसो दुर्घटना भएको थियो। दुर्घटनामा परेर मोटरसाइकलमा सवार मिक्लाजुङ–४ का २८ वर्षीय लिखमल तामाङ र २८ वर्षीय छवि मगर गम्भीर घाइते भएका थिए।
घाइतेमध्ये तामाङको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मंगलबार बिहान ९ः४० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार अर्का घाइतेको उपचार भइरहेको छ। दुर्घटना लगत्तै प्रहरीले पिकअप र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४१ वर्षीय गंगाराम अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। उनीविरुद्ध सवारी ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ।