भद्रपुर: मोरङको रंगेली नगरपालिकाले घरजग्गा करका दरमा गरेको बृद्धिलाई संशोधन गर्दै साविक अवस्थामै फर्काउने निर्णय गरेको छ।
चालु आर्थिक वर्ष २०२४÷२०२५ का लागि सम्पति करमा गरिएको बृद्धि परिमार्जन हुनुपर्ने भन्दै नेपाली काँग्रेसले गरेको आन्दोलनको एजेण्डालाई अस्वीकार गर्दै नगर परिषद्को बैठकले गत आर्थिक वर्षकै कर लागु गराउने निर्णय गरेको हो।
करका दर संशोधन गर्दै साविक कायम गर्ने विशेष नगरपरिषद्को निर्णय सार्वजानिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख दिलिप बगडीया अग्रवालले आन्दोलनको एजेण्डा राजनीतिक दलको मात्रै भएकोले नागरिकका माग सम्बोधन गर्दै यस अगाडी लिदैं आएको दरमा फर्कने निर्णय गरेको जानकारी दिए। त्यति मात्रै नभई दोस्रो कार्याकालको बाँकी तीनवर्षको अवधीमा समेत करका दरमा बृद्धि नगर्ने उनले प्रतिवद्धता जाहेर गरेका छन्।